दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी राजधानी काठमाडौं, कति बजे खस्छ धारामा ?

काठमाडौं । मेलम्ची आयोजनाका अनुसार पहिलो दिन परीक्षणका रुपमा ४ करोड लिटर पानी वितरण हुनेछ । तत्कालका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)कै वितरण प्रणालीमार्फत सबै धारामा पानी पु¥याउन लागिएको आयोजनाले जानकारी दिएको छ । आज विहान ८ बजे नै सुन्दरीजलबाट छाडिने तयारी भए पनि त्यो क्षेत्रमा विद्युत आपूर्ति नभएका कारण केहि समय धकेलिएको आयोजना कार्यान्वयन निर्देशनालयल जनाएको छ । विहान ८ बजेदेखि नै पानी छोड्न लागेको भएपनि सुन्दरीजल क्षेत्रमा हिजो रातिदखि नै विजुली नभएकोले प्राधिकरणले ९ बजेसम्म बत्ति आउन सक्ने जनाएको छ । ११ बजेपछि सुन्दरीजलबाट पानी पठाउन सुरु गरिने र सर्वसाधारणको धारामा २ बजेपछि पानी आउन थाल्ने निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले बताए ।

अहिले परीक्षणका रुपमा पानी वितरण गर्न थालिए पनि आयोजनाको औपचारिक उद्घाटन भने केहि दिनपछि हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भनिए पनि मिति सार्वजनिक गरिएको छैन । उद्घाटनका लागि सुन्धारामा सार्वजनिक धारो निर्माण भइरहेको छ । मेलम्ची आयोजनाको पूर्ण क्षमता १७ करोड लिटर हो । पूर्ण क्षमतामा पानी वितरण गर्न करिव २० दिन लाग्नेछ । सुरुमा पुरानो वितरण प्रणालीमाफर्त पानी दिइए पनि उपत्यकामा रहेका सबै रिजर्भ ट्यांकीहरुको परीक्षण सम्पन्न भएपछि नया प्रणालीबाटै वितरण हुनेछ । आयोजनाले उपत्यकाका सबै धारामा दैनिक पानी पु¥याउने गरी तयारी गरिरहेको बताएको छ ।

आर्थिक वर्ष २०५५/५६ देखि मेलम्ची परियोजना सुरु भएको हो । त्यसयता विभिन्न आरोह अवरोह पार गरेको मेलम्ची आयोजना २०७७ मा मात्र पूरा हुने चरणमा पुगेको छ । मेलम्चीको पानी २६ किलोमिटर सुरुङमार्ग हुदै अघिल्लो महिना सुन्दरीजल झारिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board