आज पनि हावाहुरी र असिनासहित वर्षाको सम्भावना : तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

काठमाडौँ ४ बैशाख । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ । आज पनि देशका पहाडी भू(भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरीरअसिनासहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको पनि प्रभाव रहेको विभागले जनाएको छ । हाल देशको सूदुर पश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली तथा अन्य प्रदेशहरुको पहाडी भू(भागमा आंशिक बादली र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ ।

त्यस्तै आज दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू(भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरीरअसिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू(भागका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरीरअसिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आइतबार दिउँसो देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरीरअसिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू(भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग रहावाहुरी रअसिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

त्यस्तै सोमबार दिउँसो देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।देशको पहाडी भूभागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जनरचट्टयाङ्गरहावाहुरीरअसिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ । सोमबार राति देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरी र असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board