कोहलपुरमा दुर्घटनाका मृतक पाँच जनाको सनाखत

बुटवल ४ बैशाख । गत राती बाँके जिल्लाको कोहलपुरमा यात्रुबाहक बस र टिप्पर ठोक्किँदा भएको दूर्घटनामा परि मृत्यु भएका सबै पाँच जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी सुरज खत्रीका अनुसार दूर्घटनामा परि ज्यान गुमाएका मध्ये अन्दाजी ३२ वर्षीया महिलाको शनिवार विहान सनाखत भएको हो । उनी सिराहा जिल्लाको सुखीपुर गाउँपालिका वडा नं. ३ की अम्बिका कान्ती रहेको खुल्न आएको छ ।

अन्य मृतकहरुमा कोहलपुर नगरपालिका वडा नं। १२ का २१ बर्षीय उदय बाँठा, कोहलपुर १३ का २५ बर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत जिल्लाको साटाखानीका ४० बर्षीय जिवनकुमार बिक र झापा जिल्लाको मेचिनगरपालिका वडा नं. १० का ४५ का छत्रबहादुर कटुवालको राती नै सनाखत भएको थियो ।

मृतकमध्ये कोहलपुरका दुई जना टिप्परका चालक र परिचालक हुन् । मृतक अन्य तीनजना बसमा सवार यात्रुहरु रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो । ३८ जना घाइते मध्ये २ जना सेना २ जना सशस्त्र प्रहरीको अस्पतालमा पठाइएको र २४ जनाको नेपालगन्जमा नै उपचार भैरहेको डिएसपी खत्रीले बताएको राससले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board