भेरी अस्पतालमा ३ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज, ५ वैशाख । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना विशेष वार्डमा उपचाररत तीन संक्रमितको तीन घण्टाको बीचमा मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ बजे मृत्यु भएको थियो । त्यसको ठीक ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको ज्यान गयो ।

यसैगरी भेरी अस्पतालमा शनिबार राती नै दैलेख नारायण नगरपालिका वडा नम्बर १ निवासी ६८ वर्षीया महिलाको मृत्यु भएको छ। गत चैत ३० गते पिसिआर परीक्षण गरिएकोमा ३१ गते कोरोना पोजेटिभ देखिएको थियो। बैशाख १ गते भेरी अस्पतालमा भर्ना भएकी उनको शनिबार राती साढे ९ बजेतिर मृत्यु भएको हो। यो सँगै कोरोना संक्रमणबाट बाँकेका मृतकको संख्या ६० र बाहिरी जिल्लाको मृतक संख्या ९६ पुगेको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board