ओलीका प्रश्‍नको जवाफ दिने, अदालत पनि जाने तर आत्मसर्पण नगर्ने नेपाल समूहको निर्णय

काठमाडौँ ७ बैशाख— सत्तारुढ नेकपा एमाले को माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने र कारबाही गरेमा कानुनी र राजनीतिक रुपमा चुनौति दिने निर्णय गरेको छ ।

काठमाडौंमा उपलब्ध नेपाल समूहका सांसदको आकस्मिक बैठकले ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने र कानुनी लडाइँ पनि लड्ने निर्णय गरेको सांसद गणेश पहाडीले बताए ।

नयाँ बानेश्वरमा एक होटलमा बसेको नेपाल समूहका सांसदको बैठकपछि पहाडीले भने स्पष्टीकरण दिन्छौं, कानुनी प्रतिरक्षा गर्छौं र राजनीतिक लडाइँ पनि लड्छौं । यो मुख्यत राजनीति लडाई नै हो ।

नेपाल पक्षमा लागेका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेश सभाका ५ जना सदस्यलाई ओलीले समंगलबार नै स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण लगत्तै नेपाल समूहका सांसदको आकस्मिक बैठकले ओली समूहको फुटवादी प्रवृत्तिका विरुद्ध आत्मसर्मपण नगर्ने निष्कर्ष निकालेको सांसद रामकुमारी झांक्रीले बताइन । उने भनिन, यो कुनै स्पष्टीकरण दिनलायक स्पष्टीकरण सोधिएको त होइन । स्पष्टीकरण दिएनौं भने प्रतिरक्षा नगरेको हुन्छ । त्यसकारण हामी अदालतसम्म पनि जान्छौं ।

अध्यक्ष ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकमा नजाने पनि झाँक्रीले बताइन् । २०७५ जेठ ३ गते पहिलेको एमाले मात्रै आफूहरूले चिन्ने र २०७७ फागुन २८ गते थप भएर आएको बैठकमा नबस्ने नेपाल समुहको अडान यथावत रहेको आजको बैठकमा पनि दोहराईको बताइएको छ ।

अध्यक्ष ओलीले सामूहिक रुपमा नेताहरुलाई स्पष्टीकरण सोधेपछि नेपाल समूहका अगाडि अर्को दल गठन गर्ने वा आत्मसर्पण गर्ने बाहेक कुनै विकल्प बांकी रहेको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board