बल्खुमा एमालेको नयां पार्टी कार्यालयको भवन शिलान्यास

काठमाडौं ९ वैशाख। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एमालेले बल्खुमा पार्टी कार्यालयका लागि नयां भवनको शिलान्यास गरेको छ ।

मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहीबार नेकपा स्थापना दिवसका अवसर सपारेर भवन शिलान्यास गरेका हुन् ।

एमालेको नयाँ केन्द्रीय कार्यालय भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । १३ रोपनी क्षेत्रफलमा फैलिने कार्यालय देशभरका कार्यकर्ताहरुको आस्था र सम्मानको प्रतीक हुने उनले बताए ।

बल्खुस्थित कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनबाट पार्टी कार्यालय सन्चालन गर्दै आएको छ । बल्खुमा नयाँ भवन तयार नहुन्जेल एमालेको केन्द्रीय कार्यालय अब थापाथलीबाट सन्चालन गर्ने तयारी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board