जनकपुरबाट फर्किए लगत्तै माधव नेपाल किन पुगे नागपोखरी

काठमाडौं, १० बैशाख ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । शुक्रबार नेता नेपाल जनकपुरबाट फर्किए लगत्तै गौतमसँग भेटवार्ता भएको हो ।

विहानै टेलिफोनमा कुराकानी गरेका नेपाल र गौतमबीच नागपोखरीमा भेटवार्ता भएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए । उनका अनुसार नेताहरुसँग कुराकानी गर्ने क्रममा नेपालसँग पनि भेट भएको हो ।

विहीवार साँझ गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग ‘डिनर’ भेट गरेका थिए । गौतमले एमाले २ जेठ २०७५ अगाडिकै अवस्थामा फर्काउनुपर्ने अडान राख्दै आएका छन् । नेता नेपाल समूहले पनि यही माग राखिरहेको छ । तर, गौतम भने छुट्टै राष्ट्रिय एकता अभियान चलाइरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board