देशभरका स्कुल बन्द गर्ने मन्त्रिपरिषदको निर्णय, आन्तरिक उडान भने नरोकिने

काठमाडौं, १३ बैशाख । आज सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठक भर्खरै सकिएको छ । बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ ।

बैठकले भारतमा कोरोना सङ्क्रमण बढेकाले नेपाल–भारत सीमा बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै सीसीएमसीले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी स्थानीय प्रशासनलाई दिन गरिएको सिफारिस पनि बैठकले पारित गरेको छ । सरकारले हवाई मार्ग भने बन्द नगरी कडाइको निर्णय मात्र गरेको छ।

हवाई मार्गबाट आउने नेपाली र विदेशी नागरिकको हकमा अनिवार्य पिसिआर परीक्षण रिपोर्ट हुनुपर्ने र नेपाल प्रवेश गरेपछि १० दिन अनिवार्य क्यारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ । त्यस्तै कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपत्यकाकामा निशेषज्ञा जारी भइरहेको छ । बाँके, बर्दिया र सुर्खेतमा पनि निशेषज्ञा छ । मोरङ, पर्सा, कास्की, दाङ र रुपन्देहीमा पनि संक्रिय संक्रमितको संख्या ५०० बढी छ भने कैलालीमा ४५८ र चितवनमा ४८८ छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board