गण्डकीमा दुई सांसद सम्पर्कविहीन

कास्की, १५ बैशाख ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा आज मतदान हुँदैछ ।

गण्डकी प्रदेशमा निर्णायक देखिएको राष्ट्रिय जनमोर्चा एक र एकमात्र रहेको स्वतन्त्र सांसद अनुपस्थित भएका छन् ।

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जनमोर्चाका सांसद खिमविक्रम शाही र राजीव गुरुङ‘दीपक मनाङे’ सम्पर्क बाहिर रहेका छन् । उनी कुनै सांसदसँगै सम्पर्क छैनन् ।

उनी आवद्ध दल जनमोर्चाको केन्द्रले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । ३ जना सांसद रहेको जनमोर्चाका दुई सांसद पियारी थापा र कृष्ण थापा भने आजको बैठकमा उपस्थित छन् ।

यसैगरी मनाङ‘ख’बाट स्वतन्त्र चुनाव जितेका दीपक मनाङे पनि संसदमा उपस्थित भएका छैनन् ।

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दलले सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्क बाहिर रहेका छन् । उनी मोबाइल स्वीच अफ गरेर बसेका छन् । पहिले फोन गर्दा नउठाएको र पछि स्वीच अफ गरेर बसेको बताइएको छ ।

यदि, आज नै मतदान भयो र शाही र मनाङे आइपुगेनन् भने मुख्यमन्त्री गुरुङविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल हुनेछ र सरकार जोगिनेछ । दुई जना नआउँदा अविश्वास प्रस्तावको लागि आवश्यक ३१ मत पुग्दैन ।

प्रदेशसभामा कांग्रेसका १५, नेकपा ९माओवादी केन्द्र०का ११, जसपाका २ गरी २८ जना सांसदले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board