पार्किङमा राखेको कारभित्र तीन वटा शव फेला

काठमाडौं, १८ बैशाख ।  दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको एउटा कारभित्र तीन वटा शव फेला परेका छन् ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको स्याउली बजारमा पार्किङ गरि राखेको इण्डियन नम्बर प्लेटको आर जे ०१ सीसी ०८८५नम्बरको निशानको कारभित्र तीन शव फेला परेका हुन् । कार विगत चार मिहनादेखि त्यो स्थानमा पार्किङ गरेर राखिएको प्रहरीले जनाएका छन् । ‘चार महिनादेखि पार्किङ गरि राखेको कारभित्र तीन वटा शवहरु फेला परेका छन्,’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले भने , ‘बेलुका ८ बजे तिर म यहाँ आइपुगेका छु घटना बारे अनुसन्धान हुँदै छ ।’ घटनाको अवस्था नियाल्दा गम्भीर प्रकृतिको देखिएकाले अनुसन्धान नगरी केही भन्न मिल्ने अवस्था नरहेको डीएसपी सिंहले बताए। डीएसपी सिंहले गाडी स्याउली बजारमा गएको माघदेखि नै पार्किङमा रहेको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको बताए । शनिबार बेलुका एउटा बस पार्किङका लागि कार छेउमा जाँदा बसका स्टाफले कारभित्रबाट गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board