‘सार्वजनिक सम्पत्तिका रुपमा सूचना’ नारासहित ‘विश्‍व प्रेस स्वतन्त्रता दिवस’ मनाइँदै

काठमाडौं । आज मे महिनाको ३ तारिख अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । यस वर्ष ‘सार्वजनिक सम्पत्तिका रुपमा सूचना’ भन्ने नाराका साथ दिवस मनाइंदैछ ।

सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि यूनेस्कोको आह्वानमा मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । कोरोनाको प्रभावका कारण भौतिकरुपमा सहभागी भइ कार्यक्रम गर्ने अवस्था नरहे पनि डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन÷प्रसारणमार्फत् गरेर दिवस मनाइ“दैछ । प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपालले ६ स्थान सुधार गरेको छ ।

रिपोर्टर विदआउट बोर्डरले प्रकाशित गरेको प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल एक सय ६ औं स्थानमा छ । अघिल्लो वर्ष १ सय १२ औं स्थानमा रहेकोमा यो वर्ष ६ स्थान सुधार गरेको हो । एक सय ८० देश समावेश रहेको रिपोर्टका अनुसार छिमेकी देश भारत एक सय ४२ औं स्थानमा छ । नर्वे सबैभन्दा राम्रो प्रेस स्वतन्त्रता भएको देश बनेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board