भारतमा कोरोना भाइरस सङ्क्रमणको अवस्था भयावह : दैनिक चार लाखभन्दा बढी सङ्क्रमित थपिदै

काठमाडौं, २६ बैशाख । छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमणको अवस्था भयावह बन्दै गइरहेको छ । दैनिक चार लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका छन् । एक दिनमा चार हजारभन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ । पछिल्लो २४ घण्टामा चार लाख नौ हजार तीन सय नयाँ बिरामी थपिए । अघिल्लो दिनको तुलनामा भारतमा आठ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका हुन् ।

अघिल्लो दिन चार लाख एक हजार दुई सय ७१ जना नयाँ बिरामी थपिएका थिए । भारतमा हालसम्म सङ्क्रमित सङ्ख्या दुई करोड २२ लाख ९५ हजार नौ सय ११ पुगेको छ । एकै दिन भारतमा चार हजार एक सय ३३ जनाको मृत्यु भयो । अघिल्लो दिन चार हजार एक सय ९४ जनाको कोरोनाका कारण मृत्यु भएको थियो । हालसम्म भारतमा कोरोनाका कारण दुई लाख ४२ हजार तीन सय ९८ जनाको मृत्यु भइसकेको छ । कोरोनाका कारण नराम्ररी प्रभावित बनिरहेको भारत अहिले सङ्क्रमणको भयावह अवस्थासँग जुधिरहेको छ । यसको प्रत्यक्ष प्रभाव खुला सीमा रहेको नेपालमा परिरहेको छ ।

नेपालमा दैनिक सङ्क्रमण पुष्टि र मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहनुमा भारतबाट अवैध रुपमा हुने आवतजावतलाई मुख्य कारण मानिएको छ । भारतमा हालसम्म सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड ८३ लाख ११ हजार चार सय ९८ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । भारतमा ३७ लाख ४२ हजार १५ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board