गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट राजीनामा (पत्रसहित)

काठमाडौं, २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखलाई राजीनामा बुझाएकन हुन् । आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । यसैबीच प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेका हुन् ।

प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री गुरुङ नेतृत्वको मन्त्रिपरिषद्ले हालसम्म गरेका कामप्रति धन्यवाद दिँदै अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि संविधानको १६९ को उपधारा ३ बमोजिम मौजूदा काम सञ्चालन गर्न र धारा १६८ को उपधारा २ बमोजिम तीन दिनभित्र सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री गुरुङविरुद्ध गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेकाले त्यसमाथि सोमबार गण्डकी प्रदेशसभामा मतदान हुने कार्यक्रम थियो । सोअगावै नेकपाएमाले संसदीय दलका नेताका रुपमा रहनुभएका मुख्यमन्त्री गुरुङले आज राजीनामा दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board