पार्टी एकताका पक्षमा लाग्न अध्यक्ष ओलीको आह्वान

काठमाडौं । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सबैलाई सरिक हुन आग्रह गरेका छन् । उनले बाहिर भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगरेको स्पष्ट गरे । अध्यक्ष ओलीले आज जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु, तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान् कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु ।”

प्रधानमन्त्री ओलीले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्ति आज पनि देखापरेको र त्यस्ता प्रवृत्ति कुनै हिसाबले उपयुक्त नभएको र हानिकारक भएको बताए ।

“के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला रु, सोचौंँ, भोलि हामी जनतालाई के जवाफ दिन्छौँ ? तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु”, वक्तव्यमा भनिएको छ, “यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो, यस पार्टीका इमान्दार नेताकार्यकर्ता पार्टीलाई हानि पुग्ने र आन्दोलनलाई क्षति पु¥याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैैनन् भन्नेमा म विश्वस्त छु ।”

“ नेकपा एमाले राष्ट्रिय राजनीतिको मूल प्रवृत्ति र प्रवाह बनेको छ”,वक्तव्यमा भनिएको छ, “जनताको आशा भरोसा र विश्वासको केन्द्रको पार्टी नेकपा एमाले लाई अझ सुदृढ र एकताबद्ध बनाउँदै अगाडि बढाउनुपर्ने प्रमुख दायत्वि आजको पुस्ताको हो ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board