काठमाडौं, २६ बैशाख । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन सोमबार ९ बजेसम्मको अल्टिमेटम दिएको छ । माधव नेपाल पक्षीय सांसदहरुको बैठकले २७ गते विहान ९ बजेसम्म ओलीको निर्णय कुर्ने सहमति गरेका हुन् ।
आज प्रधानमन्त्री तथा अध्यक्ष ओलीले कमजोरी स्वीकार्नुको साटो धम्कीपूर्ण अपिल निकालेकाले सोमवार (भोलि) संसद् बैठक बस्नुअघि राजीनामा दिने विषयमा छलफल भइरहेको नेता मेटमणि चौधरीले जानकारी दिए । ।माधव नेपालले विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङसँग कुराकानी गरे पनि ओलीले सच्चिनेबारेमा कुनै कुरै गर्न नचाहेको सङ्केत मिलेको चौधरीको भनाइ छ ।
ओलीले अपिल निकाल्दै सामूहिक राजीनामा दिएर आफ्नै राजनीतिक भविष्य समाप्त पार्ने र पार्टीलाई पछारी छाड्ने हानिकार प्रयास भएको भन्दै धम्की दिएको बुझाई नेपाल समूहको छ ।
COMMENTS