माधव पक्षका तीन नेता विष्णु पौडेलसँग छलफलमा, संसद बैठकमा उपस्थित होलान् ?

काठमाडौं, २७ वैशाख । सांसद पदबाट राजीनामा नदिने पक्षमा उभिएका एमालेको माधव नेपाल समूहका तीन प्रभावशाली नेता संस्थापन पक्षसँग संवादमा जुटेका छन् ।
विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक बस्न लागेका बेला अर्थमन्त्री विष्णु पौडेलसँग घनश्याम भुसाल,योगेश भट्टराई र गोकर्ण विष्टको वार्ता भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा चारजना नेता बीच छलफल चलिरहेको छ । यी नेताहरुले राजीनामाको विपक्षमा उभिएपछि माधव पक्ष अनुपस्थित हुने तर राजीनामा नदिने निष्कर्षमा पुगेको थियो । त्यसपछि नेताहरुबीच बेग्लै छलफलपछि बिष्णु पौडेलसँग वार्ता भएको हो । स्रोतका अनुसार घनश्याम योगेश र गोकर्ण विष्ट लगायतका सांसदहरु आज प्रतिनिधिसभा बैठकमा जाने मनस्थितिमा छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board