प्रधानमन्त्री ओलीद्वारा मन्त्रीपरिषद गठन : पुरानै अनुहार दोहोरिए


काठमाडौँ, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। शितल निवासमा आयोजित एक समारोहबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६(३) बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा पुनःनियुक्त गरेकी हुन्।

वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए। सोही दिन राष्ट्रपति भण्डारीले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमतको संयुक्त सरकारका लागि दाबी पेश गर्न आह्वान गरेकी थिइन्।

तर, बहुमतको संयुक्त सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समय सीमामा कसैको दाबी नआएपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिएकी हुन्।

प्रतिनिधिसभामा अहिले नेकपा एमालेको १२१ मत छ। जनता समाजवादी पार्टीले तत्काल सरकारमा जाने रुची नदेखाएपछि ओली अल्पमतको सरकारका प्रधानमन्त्री बनेका हुन्। योसँगै अब ओलीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ।

पूरानै अनुहारलाई निरन्तरता
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा पूरानै मन्त्रीहरुलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरुले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भण्डारीले मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन्।

कोको भए मन्त्री ?
१। ईश्वर पोखरेल, उप्रपधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय
२‍। रामबहादुर थापा बादल, गृह
३। टोपबहादुर रायमाझी, उर्जा, जलस्रोत तथा सिञ्चाइ
४। विष्णु पौडेल, अर्थ
५। प्रदीप ज्ञवाली, परराष्ट्र
६। हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
७। लेखराज भट्ट, उद्योग, वाणिज्य तथा आपूर्ति
८। कृष्णगोपाल श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधि
९। प्रभु साह, सहरी विकास
१०।भानभुक्त ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
११। मणिचन्द्र थापा, खानेपानी
१२। पद्‍मा अर्याल, कृषि
१३। बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
१४। गौरीशंकर चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५। पार्वत गुरुङ, सञ्चार तथा सूचना प्रविधि
१६। शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१७। लीलानाथ श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला
१८। गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
१९। प्रेमबहादुर आले, वन
२०। जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
२१। दावा लामा तामाङ, युवा तथा खेलकुद

राज्यमन्त्रीहरु

२२। नवराज राउत, स्वास्थ्य तथा जनसंख्या
२३। रामवीर मानन्धर, सहरी विकास
२४। विमला विक, उद्योग, बाणिज्य तथा आपूर्ति

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board