विश्वमा सङ्क्रमितको सङ्ख्या १६ करोड ३१ लाख ५२ हजारभन्दा बढी , मृतकको संख्या ३३ लाख ८२ हजार नाघ्यो

काठमाडौं, २ जेठ । विश्वमा एकै दिन छ लाख १८ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् ।२४ घण्टाभित्र साढे ११ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भयो । एकै दिन छ लाख १८ हजार दुई सय २१ जना नयाँ बिरामी थपिँदा विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ करोड ३१ लाख ५२ हजार आठ सय २८ पुगेको छ ।

सङ्क्रमितमध्ये १४ करोड २५ लाख ५८ हजार सात सय ४१ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।एक करोड ७२ लाख ११ हजार दुई सय ९४ जना सङ्क्रमित उपचार गराइरहेका छन् । उपचाररतमध्ये एक लाख तीन हजार दुई सय २९ जनाको अवस्था चिन्ताजनक छ ।विश्वभर २४ घण्टाभित्र कोरोनाका कारण ११ हजार छ सय २३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३३ लाख ८२ हजार सात सय ९३ पुगेको छ ।कोरोनाका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा २४ घण्टाभित्र २५ हजार ६२ जना नयाँ बिरामी थपिए । अमेरिकामा दैनिक सङ्क्रमण घट्दो क्रममा रहेको छ ।

सङ्क्रमित सङ्ख्या तीन करोड ३६ लाख ९५ हजार तीन सय ३६ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ७० लाख ९७ हजार पाँच सय ९७ जना उपचारपछि निको भएका छन् ।५९ लाख ९७ हजार नौ सय जनाको उपचार भइरहेको छ । कोरोनाको सङ्क्रमण भएर उपचाररतमध्ये आठ हजार दुई सय ६२ जना अमेरिकी नागरिकको अवस्था गम्भीर छ ।एकै दिन चार सय ८८ जना सङ्क्रमितको अमेरिकामा मृत्यु भयो । अमेरिकामा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गइरहेको छ । हालसम्म कोरोनाका कारण अमेरिकामा पाँच लाख ९९ हजार आठ सय ३९ जनाको मृत्यु भइसकेको छ ।

नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा एकै दिन तीन लाख १० हजार आठ सय २२ जना नयाँ बिरामी थपिए । भारतमा पनि यसअघि दैनिक चार लाखभन्दा बढी सङ्क्रमित भेटिने गरेका थिए ।पछिल्लो समय सङ्क्रमण दर कम हुँदै गइरहे पनि भारतमा तीव्र रुपमा फैलिएको कोरोनाले सङ्कटपूर्ण अवस्थाको सिर्जना गरिरहेको छ । भारतमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोड ४६ लाख ८३ हजार ६५ पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड सात लाख ८९ हजार ३८ जना उपचारपछि निको भएका छन् । ३६ लाख २३ हजार सात सय आठ जनाको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारतमा पछिल्लो २४ घण्टाभित्र चार हजार ९० सङ्क्रमितको मृत्यु भयो ।

भारतमा दैनिक चार हजार हाराहारीमा सङ्क्रमितको मृत्यु भइरहेको छ । सामान्य उतारचढावबाहेक भारतमा मृत्यु दर कम हुन सकिरहेको छैन ।

हालसम्म कोरोनाका कारण दुई लाख ७० हजार तीन सय १९ जनाको मृत्यु भइसकेको छ । भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा २४ घण्टाभित्र ६९ हजार तीन सय नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ५५ लाख ९० हजार छ सय १३ पुगेको छ ।

सङ्क्रमितमध्ये उपचारपछि एक करोड ४० लाख ६२ हजार तीन सय ९६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १० लाख ९३ हजार तीन सय ६५ जना सङ्क्रमित अहिले पनि ब्राजिलमा उपचाररत छन् ।

उपचार गराइरहेकामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । ब्राजिलमा २४ घण्टाभित्र दुई हजार ६७ सङ्क्रमितको मृत्यु भयो ।

ब्राजिलमा पनि दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्यामा घटबढ भइरहेको हुन्छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि गरिएको प्रयास सफल हुननसक्दा ब्राजिलमा पनि समस्या भइरहेको छ ।

अहिलेसम्म कोरोनाका कारण चार लाख ३४ हजार आठ सय ५२ जनाको मृत्यु भइसकेको छ । ब्राजिल कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board