नयाँ माओवादी बनाउने प्रचण्डको घोषणा, इमेलबाट मागे सुझाव

काठमाडौं,३ जेठ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कस्तो बनाउने भन्नेबारे सुझाव मागेका छन् । प्रचण्डले फेसबुक पेजमार्फत इमेलमा सुझाव पठाउन अपिल गरेका हुन् ।

आगामी दिनमा विचार, राजनीति, संगठनात्मक संरचनालगायतबारे नयाँ ढंडले अगाडि बढाउने बढाउने सोच राखेकाले उचित राय सल्लाह दिन प्रचण्डको आग्रह छ । ‘हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपाङ्ग एवं शहीद परिवारलगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयॉ ढंगले अगाडि बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ’, प्रचण्डले भनेका छन् ।

प्रचण्डले [email protected] मा आफ्नो राय सुझाव पठाउन आग्रह गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board