पछिल्लो २४ घण्टामा ८२०३ जना संक्रमित थपिए, १९६ जनाको मृत्यु (कहाँ कति सूचिसहित)


काठमाडौं, ४  जेठ ।  आज देशभर ८ हजार २०३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पिसिआर र ६९३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार २०३ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट ८ हजार १३६ र एन्टीजेन विधिबाट ६७ जना संक्रमित पुष्टि भएका हुन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार ५२९ पुगेको छ।यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १९६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार ४११ जना संक्रमितको मृत्यु भएको छ। आज देशभर ६ हजार ८९१ जना संक्रमित निको भएका छन्। देशभर ७५२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board