‘ताउते’चक्रवातको असर नेपालमा पनि पर्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका साथै भारतमा विकसित ताउते चक्रवातको प्रभावले नेपालमा केही दिनदेखि मौसम बदली तथा विभिन्न स्थानमा वर्षा जारी छ ।

अझै ३ दिनसम्म वर्षा÷हिमपात जारी रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश २ र प्रदेश १ मा आंशिक तथा देशका बांकी स्थानमा सामान्यदेखि पूर्णसम्म बदली भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बांकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । वर्षा हुने क्रम भोलि बिहीबार अझ बढ्ने सम्भावना छ । आज दिउंसो तथा राति देशका धेरैजसो स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना छ । दिउंसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भेगका केही स्थानमामेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना भने कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ । यसैगरी दिउंसो उच्च हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात, वर्षाको सम्भावना छ ।

आज राति पनि कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ । उच्च हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात तथा वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board