हेटौंडामा राष्ट्रियसभा उप–निर्वाचनको मतदान शुरु

काठमाडौं, ६ जेठ ।  राष्ट्रियसभाको उप निर्वाचनका लागि हेटौंडास्थित भुटनदेवी विद्यालयमा मतदान शुरु भएको छ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेका छन् ।त्यस्तै अन्य मतदाता पनि मतदानस्थलमा पुगेका छन् । गृहमन्त्री रामवहादुर थापासहित तीनैजना उम्मेदवार मतदानस्थलमा छन् । एमालेको माधव नेपाल पक्षका मतदाता भने विभाजित देखिएका छन् ।केहीले पार्टी निर्णय मान्नु पर्ने भन्दै बादलको पक्षमा मतदान गर्नुपर्ने बताइरहेका छन् ।
तर अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुले पार्टी विवाद नमिलेको र खिमलाल देवकोटाले माधव नेपालकै प्रस्तावमा कांग्रेस र माओवादीले समर्थन गरेकाले आफूहरुको उम्मेदवार देवकोटा नै रहेको बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board