स्पेनले दियो १४ करोडको स्वास्थ्य सामग्री,काठमाडौं उड्यो आइबेरिया एयरको विमान

काठमाडौं । स्पेनले नेपाललाई अत्यावश्यकीय स्वास्थ्य सामग्री पठाउंदैछ ।
चार्टर्ड विमानमार्फत स्पेन सरकारले पठाउने स्वास्थ्य सामग्री आज दिउंसो नेपाल आइपुग्गने परराष्ट्र मन्त्रालयले जनाएको छ । भेन्टिलेटर, अक्सिजन कन्ट्रयाक्टर र पीपीईलगायतका स्वास्थ्य सामग्री स्पेनी एजेन्सीका अन्तर्राष्ट्रिय विकास सहयोगका निर्देशक म्याग्डी मार्टिनेज सोलिम्यानले स्पेन सरकारका तर्फबाट नेपालका स्वास्थ्य मन्त्रीलाई १४ करोड मूल्य बराबरको अत्यावश्यकीय स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ । अमेरिका र युरोपका अरू देशलेसमेत जतिसक्दो छिटो नेपालमा स्वास्थ्य सामग्री पठाउने प्रक्रिया थालिसकेका छन् ।

जर्मनी, स्विट्जरल्यान्ड, क्यानडाबाट पनि सहयोग सामग्रीका लागि प्रक्रिया र छलफल चलिरहेको छ । यस्तै मध्यपूर्वका विभिन्न देशले पनि नेपालका लागि आवश्यक स्वास्थ्य सहयोग दिने भएको छ । केही दिनअघि ओमनबाट सहयोग सामग्री आइसकेको छ । युरोपियन युनियन र स्पेनले पनि नेपाललाई कोरोना महामारीसंग लड्नका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board