राष्ट्रपति र प्रधानमन्त्रीलाई अपदस्थ गर्न तरुण दलको माग

काठमाडौं ७ जेठ । संविधान माथि पटक–पटक ‘कू’ गरेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीलाई अपदस्थ गर्न नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले माग गरेको छ ।

तरुण दल अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गरी राष्ट्रपतिको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिएको आरोप लगाएको छ ।
तरुण दलले राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट हटाउनुपर्ने बताएको छ ।

‘संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत छ । संविधान विरुद्ध राष्ट्रपतिद्वारा फेरी घात भएको र यो संविधान विरुद्धको अपराध हो’ अध्यक्ष बस्नेतले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

‘राष्ट्रपति र प्रधानमन्त्रीबाट भएका यस्ता प्रकारका घर व्यवहार संचालन जस्ता देखिने गतिविधिहरु खेदजनक छ ।‘राष्ट्रपति ज्यूको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ वक्तव्यमा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board