७६(५) को प्रधानमन्त्री पनि केपी ओली नै हुने निश्चित ! महन्थ समूह साथमा

काठमाडौं ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमाभित्र विपक्षी गठवन्धनले बहुमत जुटाउन नसक्ने भएपछि केपी ओली नै जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षको समर्थनमा पुनः प्रधानमन्त्रीमा नियुक्त हुने भएा छन् ।

जसपाकाठ महन्थ–महतो समूहको २० जना सांसदको समर्थनमा ओलीले बहुमत दावी गरेर प्रधानमन्त्री बन्ने एक एमाले स्थायी समिति सदस्यले बर्ता । महन्थ ठाकुर ओलीसँग सत्ता सहकार्य गर्न विहीबार राती नै तयार भएका हुन् । वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सत्तामा जाने समेत सहमति भएको बताइएको छ । यो सहमति राष्ट्रपतिलाई समेत जानकारी गराइएसकिएको एक जसपाका सांसदले बताए ।

‘ राष्ट्रपतिबाट उपधारा ५ बमोजिक सरकार गठन गर्न आह्वा भएलगत्तै हिजो प्रधानमन्त्री निवास बालुवाटारमा जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग प्रधानमन्त्रीको भेटमा हुँदा सत्ता सहकार्य र‘जसपाले माग गरेका मुद्दाहरू प्रधानमन्त्री ओलीले पूरा गरेको तथा केही प्रक्रियामा समेत रहेकाले सरकारमै सहभागी हुने निश्चित भएको हो ।

कांग्रेस, माओवादी र जसपाकै उपेन्द्र–बाबुराम पक्षले महन्थ ठाकुरलाई प्रधानमन्त्री प्रस्ताव गर्दा पनि ठाकुरले अस्वीकार गरेको बताइएको छ । ठाकुर र ओलीको बीचमा ठाकुर प्रधानमन्त्री बन्ने अवस्था भएमा एमालेकै समर्थनमा बन्ने समेत सहमति भएको ठाकुर निकटल स्रोतले बतायो । उपेन्द्र यादव निकट एक नेताका अनसार ठाकुर जी आफूले निर्णय गर्ने होइन, बाहिरबाट जेआदेश आउंछ त्यही गर्ने हुन् । हाम्रो प्रस्ताव मानेपनि हुन्छ भन्ने भएमा बाहेक ओली नै प्रधानमन्त्री हुने निश्चित देखिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board