प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठकको सूचना मन्त्रीहरुलाई पठाइएको छ ।बिहीबार नियमित बैठक भए पनि शुक्रबारको बैठक भने आकस्मिक रुपमा बोलाइएको एक मन्त्रीले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्रीको दाबी गर्दै १५३ सांसदको हस्ताक्षर बुझाएका छन् ।विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीको दाबी गर्दै १४९ को हस्ताक्षर बुझाएका छन् । विपक्षी गठबन्धनमा माओवादी केन्द्र, जसपाका उपेन्द्र पक्ष, एमालेका माधव नेपाल पक्ष र नेपाली कांग्रेस छन् । आजको मन्त्रीपरिषद् बैठकलाई महत्वका साथ हेरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board