राष्ट्रपति र प्रधानमन्त्रीबाट गणतन्त्र र लोकतन्त्र असुरक्षित: विपक्षी

काठमाडौं, ८ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक गरेको प्रतिनिधिसभा (संसद्) विघटनप्रति विपक्षी दलहरुले तीव्र असन्तोष व्यक्त गरेका छन् । उनीहरुले संविधान र लोकतन्त्रको हुर्मत लिने काम राष्ट्रपति र प्रधानमन्त्री मिलेर गरेको आरोप पनि लगाएका छन् । भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेको एक घण्टा पनि नपुग्दै मध्यरातमा पुनः प्रतिनिधिसभा (संसद्वि) घटनको घोषणा गरेकी थिइन् । राति १२ः५० गरिएको सिफारिसपछि १ः४९ बजेतिर संसद् विघटनको घोषणा भएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले मुलुककै अभिभावकको भूमिकामा रहेकी राष्ट्रपतिबाट नेपालको संविधान च्यात्ने काम भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको दाबी पुग्दापुग्दै त्यसलाई अस्वीकार गरिएको उनको आरोप छ ।

दाबीलाई अस्वीकार गर्नु गलत भएको भन्दै लेखकले राष्ट्रपति र प्रधानमन्त्रीबाट गणतन्त्र र लोकतन्त्र असुरक्षित बनेको टिप्पणी गरे । पार्टी नेताहरुबीचमा छलफल भएर आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने निर्णय लिइने जानकारी नेता लेखकले दिएका छन् । उनका अनुसार आज (शनिबार) आगामी रणनीति तय गर्न नेताहरुबीच छलफल हुने छ ।

यसअघि एमालेसँग मिसिएर तत्कालीन नेकपाबाट ओलीको नेतृत्वमा सरकार गठन गर्न सहयोग गरेको नेकपा ९माओवादी० केन्द्रका नेताले पनि संसद् विघटनाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । माओवादी नेता वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारी तत्कालीन राजा ज्ञानेन्द्र शाहकै पथमा अघि बढेको बताए ।

उनले राजाजस्तै राष्ट्रपतिले मध्यरातमा लोकतन्त्रमाथि डकैती गरेको आरोप लगाए । पुनले लोकतन्त्र तथा गणतन्त्र बचाउन र संविधानको रक्षा गर्न लड्नुपर्ने दिन आएको बताए । अब जनता चुप लागेर नबस्नेभन्दै उनले संविधान र लोकतन्त्र मास्न खोज्नेलाई राजा ज्ञानेन्द्र जसरी नै लखेट्नुपर्ने उल्लेख गरेका छन् । संविधान र लोकतन्त्रको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको उनको भनाइ छ । शुक्रबार मध्यरातमा ज्ञानेन्द्र शाहले जस्तै कदम ओलीले चालेको पुनले बताए । ‘कोरोना महामारी विरुद्धको लडाइँसँगै संविधान र लोकतन्त्र बचाउन विभिन्न रुपको संघर्ष गछौँ’, उनले भने । नेता पुनले अब जनता पुनः जागरुक भएर उठ्ने बेला आएको पनि बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board