विपक्षी दलका नेता भन्छन् : संविधान च्यात्ने काम भयो, क्षणिक आक्रोश कि भित्रीमनैदेखि ?

काठमाडौं ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणालाई विपक्षी दलका नेताहरूले ंविधान च्यात्ने काम र प्रतिगमन भाग २ भन्दै चर्को आक्रोश व्यक्त गरेका छन् ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि पेश गरेको दाबी नपुग्ने भन्दै शुक्रबार राति राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेकी थिइन्।

मध्यराति नै बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गर्न सिफारिश गरे लगत्तै सोही अुनसार राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरी २६ कात्तिक र ३ मंसिरमा चुनाव घोषणा गरेकी छिन्।
यो घोषणालाई विपक्षी दलका नेताहरूले असंवैधानिक कदम भनेका छन्। कांग्रेस नेता शेखर कोइरालाले ट्वीट गर्दै संविधानलाई समाप्त पार्ने काम भएको बताएका छन्। “आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो। राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ। संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन।”


एमालेकै विद्रोही नेता माधव नेपालले संसदको चीरहरण गर्ने काम भएको भन्दै मध्यावधि चुनाव घोषणालाई प्रतिगमन भाग–२ भएको भन्दै डटेर प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान गरेका छन् । उनले ट्विट गरेका छन् – षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ।

यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।
 


जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले यसलाई षड्यन्त्रको संज्ञा दिएका छन्। उनले ट्वीट गर्दै लेखेका छन्, “भित्रीरबाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्ररसेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिकरअसंवैधानिकरप्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली(विद्या कुकर्म१ यो कुनै मध्यावधी चुनाव हैन, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो। एकजुट होऊँ प्रतिवाद गरौं ”

 


त्यस्तै, कांग्रेस नेता रमेश लेखकले संविधान च्यात्ने काम भएको प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, “राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संम्विधान च्यात्ने काम गरिन्। यिनबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन।”

नेकपा (माओवादी केन्द्र) नेता वर्षमान पुनले पनि यसलाई ‘मध्यरातको डकैती’ भनेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “मध्यरातमा डकैती गरियो। ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे।”
नेपाली कांग्रेसका नेता रामचन्द पौडेलले संयक्त आन्दोलन गर्ने बताएका छन् ।


तर विपक्षी दलहरुले तात्तो प्रतिक्रिया दिएजस्तै आन्दोलनमा जालान् कि निर्वाचनको तयारीमा लाग्लान् हेर्न बांकी छ । दलहरु यतिबेला आन्दोलनमा जाने संभावना एकदमै कम रहेको विश्लेषक श्याम श्रेष्ठ बताउंछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board