देउवालाई प्रम बनाउन हस्ताक्षर गर्ने १४९ जनाले नै सर्वोच्चमा मुद्धा हाल्ने

काठमाडौं ८ जेठ । विपक्षी पाँच दलको तर्फबाट शेरबहादुर देउावलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सबै सांसदले सर्वोच्चमा मुद्धाहाल्ने तयारी गरेका छन् ।
केही बेरमा पांच दलको बानेश्वरमा बैठक बसेर त्यरबारेमा निर्णय लिइने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताए ।

प्रमुख विपक्षी नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, एमालेको विद्रोही समूह (माधव नेपाल समूह) र राष्ट्रिय जनमोर्चाको बैठक बसेर संघर्षका कार्यक्रम तय गर्ने भएको छ ।
नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि नेता पौडेलले भने, ‘बानेश्वरमा सर्वदलीय बैठक गर्ने र हिजो देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जनाकै तर्फबाट अदालतमा रिट हाल्नेबारे छलफल गर्छौं।’
गत राती संसद विघटन भएर मध्यावधि घोषणा भएपछि र आफूहरुको पक्षमा प्रष्ट बहुमत भएको अवस्थामा जालझेल गरेर प्रधानमन्त्री नवनाइएको भन्दै विपक्षी दलहरु आक्रोशित भएका छन् । विपक्षी गठवन्धनको पक्षमा १४९ जना सांसदहरुले हस्तक्षर नै गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board