शुक्रबार रातिका दुवै प्रेस विज्ञप्ति राष्ट्रपति कार्यालयको वेबसाइटबाट हटाइयो

काठमाडौं, ९ जेठ । राष्ट्रपति कार्यालयको वेबसाइटबाट शुक्रबार राति जारी भएका दुवै प्रेस विज्ञप्ति हटाइएको छ। ‘प्रधानमन्त्री नियुक्ति सम्बन्धमा’ र ‘प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर्वाचन मिति तोक्नु भएको’ शीर्षकमा राखिएका दुवै विज्ञप्ति हटाइएको छ।

हटाइएका दुवै विज्ञप्ति क्रमशः जेठ ७ गते राति २३:३८ र जेठ ८ गते बिहान ०१ : ४९ मा प्रकाशित भएका थिए। शनिबार बेलुकैदेखि राष्ट्रपति कार्यालयको वेबसाइटमा ती सूचना देखिएको थिएन। ‘प्रधानमन्त्री नियुक्ति सम्बन्धमा’ शीर्षकको प्रेस विज्ञप्तिमा केपी शर्मा ओली र शेरबहादुर देउवाले संविधानको धारा ७६ ९५० अन्तर्गत प्रधानमन्त्रीमा गरको दाबीलाई अस्वीकृत गरिएको सम्बन्धमा जानकारी गराइएको थियो। ‘दाबीकर्ता दुवै माननीय सदस्यहरूका समर्थनकर्ता भनिएका सदस्यहरू एक अर्कामा दोहोरो परेका, दलको निर्णय विपरीत एकले अर्कोलाई समर्थन गरेको समेत देखिएको र सम्बन्धित दलले मान्यता नदिन लेखी आएको समेत देखिएकोले नेपालको संविधानको धारा ८९ को खण्ड (ङ) समेत आकर्षित हुन सक्ने, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिच्छेद ६ का विषयहरू समेतलाई ध्यान दिंदै दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा ९५० बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन,’ राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव प्रसाद घिमिरेद्वारा विज्ञप्तिमा भनिएको थियो।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board