१४६ सांसदको सर्वोच्चमा रिट : संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग

काठमाडौं १० जेठ । विपक्षी गठबन्धनका १४६ जना सांसदले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

गत शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसलाई असंवैधानिक भन्दै विपक्षी गठबन्धनले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवाको दावी वैधानिक रहेको भन्दै दाबीमा समर्थन गरेका सांसदको हस्ताक्षरसहित रिट गरेका हुन् । राष्ट्रपति कार्यालायमा देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेका मध्ये तीन जना सएमालेका सांसद भने रिट दर्ता गर्ने बेला हस्ताक्षर गर्न तयार भएनन् ।

रिटमा मुख्य तीनबाट माग छन्,

१. संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज

२. संसद अधिवेशनको मिति तोक्नुपर्ने

३. संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश ।

यस प्रकारको रिट नेपालकै इतिहासमा पहिलो हो । मौजुदा संसदका झण्डै ५५ प्रतिशत सदस्यहरुको हस्ताक्षर सहति संसद पुनस्र्थापनाको माग गर्दै रिट दायर गरिएको घटना यो पहिलो हो ।
गत पुस ५ गते पनि प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गरेपछि झण्डै दर्जन रिट दर्ता भएका थिए । त्यो बेला विपक्षी गठवन्धनका ४ जना सांसदले मात्र रिट दर्ता गरेका थिए । गत फागुन २३ मा संसद पुनस्र्थापना भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board