काठमाडौं, १३ जेठ । कोरोनाको दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ । लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ११ हजार ५५३ जनामा संक्रमण भएको छ । यो संख्या बुधबारको तुलनामा भन्दा केही बढी हो । मंगलबार त्यहाँ २ लाख ८ हजार ८८६ जनामा संक्रमण भएको छ ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ७३ लाख ६७ हजार ९३५ पुगेको छ ।यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।संक्रमणढ घटे पनि भारतमा मृतको संख्यामा भने उल्लेख्य कमी आएको छैन । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ८४२ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख १५ हजार २६३ पुगेको छ ।
COMMENTS