भारतले डिसेम्बरसम्म आफ्ना ६० करोड नागरिकलाई दुवै खोप लगाउने

भारत । भारतले आउंदो डिसेम्बरसम्ममा ६० करोड मानिसलाई कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाइ सक्ने दाबी गरेको छ । आउंदो जुलाईसम्म खोपको अभाव अन्त्य हुने र डिसेम्बरसम्ममा ६० करोड मानिसलाई लगाइसक्ने स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अधिकारीलाई उदृत गर्दै समाचारसंस्था एएनआइले जनाएको छ । भारतको जनसंख्या धेरै भएकाले सबैलाई खोप लगाइसक्न समय धेरै लाग्ने मन्त्रालयको भनाइ छ ।

भारतको प्रतिष्ठित मेदान्त अस्पतालका अध्यक्ष डा. नरेश त्रेहानले झण्डै ६० करोड मानिसलाई खोपले पूर्णरुपमा काम गर्न थालेको अवस्थामा मानवीय क्षति कम भइ महामारी न्यून हुने विश्वास व्यक्त गरेका छन् । भारतमा अहिलेसम्म २० करोड डोज खोप लगाइएको बताइएको छ । कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि सङ्क्रमण दरमा कमी आएको छ । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ११ हजार पांच सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार आठ सय ४२ जनाको ज्यान गएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board