पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ३९ जनामा संक्रमण ७ हजारभन्दा धेरै निको (कहाँ कति सूचिसहित)

काठमाडौं, १३ जेठ । आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार नौ सय ३९ जना सङ्क्रमित थपिँदा सात हजार दुई सय २६ जना निको भएका छन् ।
आज निको हुने सात हजार दुई सय २६ जनासँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार लाख १८ हजार आठ सय २९ पुगेको छ ।पछिल्लो २४ घण्टामा २० हजार चार सय १४ जनाको पीसीआर परीक्षण गर्दा ६ हजार सात सय ३१ जना र पाँच सय ७८ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय आठ जना गरी ६ हजार नौ सय ३९ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख ४२ हजार दुई सय ५६ पुगेको छ । यस्तै थप एक सय ६ जनाको ज्यान गएको विवरण प्राप्त भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार नौ सय ५१ पुगेको छ । अहिले नेपालमा एक लाख १६ हजार चार सय ७६ जना सक्रिय सङ्क्रमित छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board