काठमाडौं । नेकपा एमाले को स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार साँझ ५ बजे बालुवाटारमा बस्ने तय भएको बैठक स्थगित भएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार अर्को बैठक सोमबार बिहान १० बालुवाटारमा नै बस्ने भएको छ ।
बैठकमा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने पार्टीको विवाद समाधान, स्पष्टीकरण सोधिएका १२ नेतालाई कारबाहीलगायतका विषयमा छलफल हुने बताइएको छ ।
COMMENTS