निर्वाचन आयोगबाट महन्थ ठाकुरसँग जसपा केन्द्रीय पदाधिकारीको हस्ताक्षर माग

काठमाडौं १९ जेठ,। निर्वाचन आयोगले जनता समाजवादी पार्टीका निष्काशित अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर मागेको छ ।

ठाकुरले मंगलबार आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र निर्वाचन आयोगलाई पठाएकामा आयोगले आधिकारिकताका लागि पत्र काटेको हो । ठाकुरले आयोगलाई पत्र पठाएपनि केन्द्रीय समितिको पदाधिकारीको निर्णयको हस्ताक्षर भने नबmुाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

मंगलबार अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा बुझाएका थिए । यादवसंग केन्द्रीय कार्यकारिणी समितिका ५१ मध्ये बहुमत ३१ जना रहेका छन् । यादवले भने ३१ जनाकै हस्ताक्षर सहित मान्युट कपी नै आयोगमा बुझाएका छन् ।

आयोगले दुबै पक्षसँग राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुचुची १८ बमोजिमको ढाँचामा विवरण पेश गर्न जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board