गोरखापत्रले छाप्यो– ओली कम्युनिस्ट होइनन्, तानाशाह हुन्

चितवन, २९ जेठ । तपाईंलाई लाग्ला, ‘गोरखापत्र’ सरकारी पत्रिका हो । गोरखापत्र सरकारी गुनगान गाउने पत्रिका हो । तर, आज अचम्मै पार्नेगरी गोरखापत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्ने लेख प्रकाशन भएका छन् । सरकारी कर्मचारीका एउटा शाखा अधिकृतको समेत ज्यूहजुरी गर्ने गोरखापत्रले प्रधानमन्त्रीलाई नै ‘तानाशाही’ भनेर लेखिएको लेख प्रकाशन गरेका छन् ।

व्यावसायिक भनिने निजी क्षेत्रका सञ्चारमाध्यममा समेत विरलै देखिने सत्तारुढ नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना आज बिहीबार छापिएको गोरखापत्रमा पढ्न सकिन्छ । ‘लेखक एमालेका नेता हुनुहुन्छ’ भन्‍ने परिचयसहित प्रदीप नेपालको एक लेख छापिएको छ, शीर्षक छ– ‘बजेटको सन्तुलित व्याख्या

शीर्षकमा बजेट भए पनि बजेटबारे लेखमा एक तिहाइ जति मात्र छ । तर, धेरैलाई आश्चर्य लाग्‍ने गरी गोरखापत्रले प्रधानमन्त्री केपी शर्मा ओलीको चरम आलोचना गरिएको लेख छापेको छ । अरु बेला पुछारमा यी लेखकका निजी विचार हुन्भनेर लेख्‍ने गरेकामा यो लेखमा त्यस्तो स्पष्टीकरण पनि छैन । प्रदीप नेपाल लेख्छन्, ‘कम्युनिस्ट पार्टीमा उहाँ (ओली) साँच्चिकै तानाशाह हो ।’ प्रधानमन्त्रीको यति निर्मम आलोचना भने सायद यसअघि गोरखापत्रमा छापिएको थिएन होला । गोरखापत्रले लेखको हाइलाइटको रुपमा पनि कम्युनिस्टको आलोचनाकै पंक्ति छानेको छ । नेपाल लेख्छन्, ‘अध्यक्ष ओली जनकार्य गरेर आउनुभएको होइन । उहाँ मार्क्सवादी पनि हुन सक्नु हुन्‍न जति कोसिस गरे पनि उहाँबाट मार्क्सवादी हुने अपेक्षा नगरे हुन्छ । उहाँ स्टालिनवादी हुनुहुन्छ ।’प्रधानमन्त्री ओलीलाई ‘साँच्चिकै तानाशाह’ भनेका नेपाल लेख्छन्, ‘अहिले दलाल पुँजीवादको नियन्त्रण छ, राज्यसत्तामा । कमिसन, ठेक्कापट्टा यस्ता काममा स्वयं नेता अथवा नेताका आफन्त लागेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board