काठमाडौ २० जेठ ।नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका प्रवक्ता नारयणकाजी श्रेष्ठबीच गोप्य वार्ता भएको छ । नेता नेपालको निवास कोटेश्वरमा दुई नेताहरुबीच गोप्य वार्ता भएको हो । उनीहरुबीच करिब १ घण्टा छलफल भएको स्रोतले जनाएको छ। के विषयमा छलफल भएको हो खुलेको छैन। माधवकुमार नेपाल पक्षले छुट्टै पार्टी खोल्ने तयारी गरिरहँदा माओवादी नेता श्रेष्ठले भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
COMMENTS