यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै आज देशमा देशमा पश्चिमी, पूर्वी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका केहि पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने अन्य स्थानहरू सामान्यतया सफा रहेको छ।

यसैगरी, आज दिउँसो प्रदेश १, २ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । भने, देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

यस्तै, आज राति पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । यता, प्रदेश १, २, बागमती प्रदेश, गण्डकीका थोरै स्थानहरुमा राति मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board