गण्डकी प्रदेशमा विपक्षी गठबन्धन धर्ना र व्यापक दबावपछि मुख्यमन्त्री बन्न सफल, एमाले बन्यो प्रतिपक्षी

पोखरा २९ जेठ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री मा नियुक्त गर्न नदिन पदमुक्त मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुंगले अन्तिम समयमा नक्कली दावी गरेका थिए । एमालेको बदनियतको विरोध गर्ने भन्दै गण्डकी प्रदेशका बहुमत प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।

नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी पेश गरेको भन्दै विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले आपत्ति थिए । जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा गुरुंगले दाबी पेश गरेका थिए ।

विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि शुक्रबार नै ३१ प्रदेशसभा सदस्यको सशरीर उपस्थितिसहित दाबी पेश गरेका थिए । प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालमा नै हस्ताक्षर गरेका थिए ।

मुख्यमन्त्रीमा नियुक्तिको पर्खाइमा रहेका विपक्षी सांसदहरु पृथ्वीसुब्बा गुरुङको दाबी परेको सुन्नासाथ प्रदेश प्रमुख कार्यालय पुगेर धर्नामा बसेका थिए । उनीहरुले जसपा संसदीय दल र दुवै सांसदको समर्थन नेपालीलाई रहेको भन्दै गुरुङले पेश गरेकोे दाबी नक्कली भएको बताएका थिए । जनमोर्चाकी सचेतक पियारी थापाले पनि पार्टी साधारण सदस्य समेत नरहेका र सांसदबाट पदमुक्त भइसकेकाले कृष्ण थापाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नु संवैधानिक अपराध भएको बताएकी थिइन् ।

कांग्रेस प्रदेशसभा सदस्य कुमार खड्काले बहुमतलाई स्वीकार नगर्ने हो भने निषेधाज्ञा तोडेर प्रतिगमनविरुद्ध राजनीतिक आन्दोलन गर्ने र अदालत पनि जाने चेतावनी दिएका दिएका थिए ।
झण्डै ससाढे दुई घण्टाको धर्ना पछि अन्तत बहुमत सांसदको समर्थन पाएका कृष्ण चन्द्र नेपाली मुख्य मन्त्रीमा नियाुक्त भए ।
हाल प्रदेश ससभामा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ , जसपाका २, राजमोका २ र स्वतन्त्त सांसद दिपक मनांगे को नवनियुक्त मुख्य मन्त्री पोखरेललाई ससमर्थन छ ।
५ वर्ष बढी सत्तारुढ भएको एमाले प्रतिपक्षी दल बन्न पुगेको छ । एमालेका २७ जना सांसद रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board