कांग्रेसलाई चुनाव जिताएर सरकारमा पु¥याउने छु : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सभापतिमा पुनः दोहोरिने इच्छा व्यक्त गरेका छन् । नेपाली कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले आफूनिकट प्रदेश १ का केन्द्रीय सदस्यहरुलाई शनिवार निवासमै बोलाएर छलफल गरेका थिए । संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुने बताउंदै देउवाले आफू पुनः सभापतिमा लड्न इच्छुक रहेको बताउनुभएको सहभागी एक केन्द्रीय सदस्यले बताए ।

छलफलमा देउवाले आफ्नै नेतृत्वमा तीन तहको निर्वाचन सम्पन्न भए पनि पार्टीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाएर पनि सिट कम जितेको तर अब आफूले कांग्रेस पार्टीलाई सबैभन्दा ठूलो बनाउने र सरकारको नेतृत्व गरेर कांग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउने दावी गरेका ती केन्द्रीय सदस्यको भनाइ छ । छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा. डीला संग्रौला, सुजाता परियारलगायत सहभागी थिए ।

देउवाले महाधिवेशनमा जित्ने गरी काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभएको थियो । देउवाले महाधिबेशन केन्द्रीत भएर सातै प्रदेशका केन्द्रीय सदस्यस“ग छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board