थप २,४७४ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

काठमाडौं । विगत २४ घण्टामा २ हजार ४ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परीक्षणबाट १ हजार ५ सय ७७ जना र एन्टिजेन परीक्षणबाट ८ सय ९७ जनामा संक्रमण पाइएकोे हो । मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभर ७ हजार २ सय ३५ पीसीआर र ४ हजार ९ सय ९७ एन्टिजेन परिक्षण गरिएको थियो । यसैगरी विगत २४ घण्टामा २ हजार ५ सय १८ जना संक्रमित निको भएका छन् । त्यस्तै संक्रमणबाट विगत २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । यो मृत्यु संख्यामा नेपाली सेनाले विभिन्न मितिमा गरेका शवको व्यवस्थापन पनि समावेश भएको मन्त्रालयको भनाइ छ ।

आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ३ सय ३५ जना छन् । जसमा काठमाडौंमा २ सय ३४ जना, ललितपुरमा ६८ जना र भक्तपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर रहेका ४९ हजार ५ सय ५५ जना सक्रिय संक्रमितमध्ये ४६ हजार ५ सय २ जना होम आइसोलेसनमा र ३ हजार ५३ जना संस्थागत आइसोलेसनमा छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board