के मलाई बौलाह कुकुरले टोकेको छ र, माधव नेपाललाई प्रधानमन्त्री दिने ? – प्रम ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री र पार्टीको अध्यक्ष अफर गरेको भन्ने अफबाह फैलाएर आफ्नो भाउ बढाएको आरोप लगाएका छन् । माधव नेपाल त प्रचण्डको मामुली कार्यकर्ता थिए थिए, अहिले देउवाको पछि कुदेको तमासा तपाईहरुले देख्नु भएकै छ प्रधानमन्त्री ओलीले भने।
आफ्नो सरकार ढाल्ने र कम्युनिष्ट आन्दोलन सिध्याउने अपराधमा लागेको मान्छे (माधव) लाई मैले प्रधानमन्त्री दिने ? भन्दै पटक पटक प्रम ओलीले प्रश्न गरे ।
मदन भण्डारी फाउन्डेशनले गरेको कार्यक्रममा प्रधानमन्त्री निवास बालुवाटारमा बोल्दै अ‍ोलीले माधव नेपाल जस्तो इमान नभएको ढांट रहेको टिप्पणी गरे । उनले भने ‘लाजशरम पचेको मान्छे’ माधव नेपाल हो ।

ओलीले भने, ‘माधव नेपाल भन्ने एकजना कांग्रेसका पछि कुद्ने मान्छे छन् । नेपालको राजनीतिमा सबैले चिन्लान् । यतिसम्म पनि मान्छे पतन हुँदा रहेछन् । आफ्नो सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजशरम पचेको मान्छे ।
मदन भण्डारीको पार्टी सिध्याउन लाग्ने आज त वक्तव्य आइरहेको छ, यस्तो वेसरम मान्छे दुनियामा कोही हुन्छ ? ओलीले आक्रोश पोखे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board