माधव नेपाल प्रचण्डको कार्यकर्ता त थिए, थिए, अहिले त कांग्रेस प्रवेश गरिसकेछन् – प्रम ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल प्रचण्डको मामुली कार्यकर्ताबाट देउवाको कार्यकर्ता बन्न गएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री र पार्टीको अध्यक्ष अफर गरेको भन्ने अफबाह फैलाएर माधव नेपालले देउवासंग आफ्नो भाउ बढाउन खोजेको अनैतिक कुरा गरेको ओलील् आरोप लगाए ।
माधव नेपालले जबज भनेको नक्कली बाहुनले गायत्री मन्त्र पढेजस्तै हो भन्दै ओलीले कार्यक्रममा गायत्री मन्त्र समेत सुनाए ।
आफ्नो सरकार ढाल्ने र कम्युनिष्ट आन्दोलन सिध्याउने अपराधमा लागेको मान्छे (माधव) लाई मैले प्रधानमन्त्री दिने ? भन्दै पटक पटक प्रम ओलीले प्रश्न गरे ।
मदन भण्डारी फाउन्डेशनले गरेको कार्यक्रममा प्रधानमन्त्री निवास बालुवाटारमा बोल्दै अ‍ोलीले माधव नेपाल जस्तो इमान नभएको ढांट रहेको टिप्पणी गरे । उनले भने ‘आफ्नो सरकार ढाल्न २७ जना लिएर उन (माधव) देउवाकहां गएपछि कसरी एमाले भए ? ओलीको प्रश्न छ । तर उनले आफूलाई एमालेको बरिष्ठ नेता भन्न छाडेका छैनन् । यो भन्दा लाज शरमको कुरा अरु के हुन्छ ? ओलीले माधव नेपालाई थप प्रश्न गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board