कांग्रेसको निर्णय: विवाद विवाद भएको ठाउँमा पूरानै सदस्‍यताका आधारमा अधिवेशन गर्ने

काठमाडौँ, १९ असार । नेपाली कांग्रेसले क्रियाशील सदस्‍यता विवाद नमिलेका ठाउँमा पूरानै सदस्‍यताका आधारमा वडा अधिवेशन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बिहान बसेको शीर्ष नेताहरूको बैठकले विवाद नमिलेका ठाउँमा पूरानै सदस्‍यताका आधारमा वडा अधिवेशन गर्ने निर्णय गरेको कांग्रेस केन्‍द्रीय सदस्‍य एनपी साउदले जानकारी दिए । उने भने आजको बैठकमा निर्धारित समयमै महाधिवेशन गर्ने भन्‍ने कुरा भयो, ुहिजो बनाएको मापदण्ड कार्यान्‍वयन गर्ने भन्ने कुरा भयो, । क्रियाशील सदस्‍यताका विषयमा सहमित जुट्ने ठाउँमा जुटाउने जुन ठाउँमा सहमति जुटेन त्यहाँ पूरानै क्रियाशील सदस्यता कायम राखेर वडा अधिवेशन गर्ने निर्णय भएको साउदले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board