ओली र नेपालको संयुक्त वक्तव्यमार्फत पार्टी एक भएको देखाउन दोस्रो तहका नेताहरुको दौडधुप

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल पक्षका केही नेताहरु पार्टी अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालल सहमत गराउन लागि परेका छन् ।

ओली पक्षमा रहेका उपमहासचिव तथा उपप्रधानमन्त्री विष्णु पौडेल र नेताद्वय सुवास नेम्वाङ तथा शंकर पोखरेल र माधव पक्षका रहेका उपमहासचिव घनश्याम भुषाल आइतबार विहान नेता नेपालको निवास कोटेश्वर पुगेका थिए ।
नेपालसंगको भेटमा ओली पक्षका नेताहरुले ‘पार्टी एक छ’ भन्ने सन्देश प्रवाहित गर्न संयुक्त वक्तव्य दिन प्रस्ताव गरेका थिए । नेता नेपाल सहमत भएपनि दुबै पक्षका नेताहरुको कार्यदलले वक्तव्यको मस्यौदा गर्नु पर्ने बताए ।

तर ओली पक्षका नेताहरुले भने कार्यदल त निश्क्रिय रहेकोले दुवै नेता भेट्न प्रस्ताव गरेका थिए ।
नेता नेपालसंगको भेटपछि दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board