चीनको नेतृत्वमा भारतबाहेक दक्षिण एसियाली राष्ट्र सम्मिलित नयाँ संगठन स्थापना

काठमाडौँ । चीनको नेतृत्वमा दक्षिण एसियाली ९सार्क० राष्ट्र सम्मिलित एक नयाँ संगठन औपचारिक रूपमा स्थापना गरिएको छ । तर उक्त संगठनमा दक्षिण एसियाका भारतबाहेकका अन्य राष्ट्रहरु रहेका छन् ।

‘चीन–दक्षिण एसियाली राष्ट्र गरिबी निवारण तथा सहकार्य विकास केन्द्र’ नामक संगठनको बिहीकार चीनको चोङचिङ सहरमा औपचारिक रूपमा स्थापना गरिएको चीनको विदेश मन्त्रालयले जनाएको छ ।

संगठनमा नेपाल पनि सम्मिलित छ । उक्त स्थापना समारोहमा नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगलादेशका राजदूतले सम्बोधन गरेका थिए । साथै चीनका सहायक विदेशमन्त्री वु जिआङहाओले मुख्य रूपमा सम्बोधन गरेको जनाइएको छ ।

यस संगठनले मूलतः गरिबी नियन्त्रणमा भूमिका खेल्ने जनाइएको छ । साथै शक्ति तथा स्रोत एकीकृत गर्ने र दक्षिण एसियाली देशको आर्थिक विकास, जनताको जीवनस्तरमा सुधार ल्याउने र यसका लागि ज्ञानको आदानप्रदान गर्नेलगायत उद्देश्य राखिएको बताइएको छ ।

संगठन स्थापनाबारे यसअघि नै प्रस्ताव गरिएको थियो । गएको अप्रिलमा कोरोना महामारीबारे दक्षिण एसिायली देशका विदेशमन्त्रीहरुसँगको छलफलमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सो सेन्टरको स्थापनाको प्रस्ताव गरेका थिए । भारतलाई पनि उक्त अन्तरक्रियामा आमन्त्रण गरिएको तर भारतले सहभागी हुन इन्कार गरेको जनाइएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board