काठमाडौं, ७ साउन। (नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४३ औं स्मृति दिवसको सन्दर्भमा पुष्पलालले नेपाली राजनीति र कम्युनिष्ट आन्दोलनलाई पु¥याउनुभएको अतुलनीय योगदानका सन्दर्भमा नेपाल पेजले नेपाल कम्युनिष्ट पार्टीका पूर्व महासचिव एवम् हालका सचिवालय सदस्य शरण विक्रम मल्लसँग गरिएको संवादमा आधारित आलेख)
वि.सं. २००६ साल भाद्र ३० गते अर्थात् १५ सेप्टेम्बर १९४९ मा नेपाल कम्युनिष्ट पार्टी स्थापना भयो । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका दाजु गंगालाल श्रेष्ठलाई २२ वर्ष उमेरमा फाँसी दिइएको थियो त्यतिबेला पुष्पलाल भने १५ वर्षको हुनुहुन्थ्यो । त्यो बेला नै राणाविरोधी आन्दोलन गर्ने र जनतको जीवनमा परिवर्तन ल्याउने संकल्प पुष्पलालले लिएका थिए । त्यस समय विश्वमा माक्र्सवादी आन्दोलन चलिरहेको बेला पुष्पलालले माक्र्सवादी लिटरेचरहरु र अध्ययन गर्न थाल्नुभयो, २००३ देखि २००६ सालसम्म यति मिहेनत गर्नुभयो कि, चीनमा अन्त देशमा जस्तो टालटुले क्रान्तीले नेपालको जनताको जीवनमा परिवर्तन गर्न सक्दैनन भनेर नयाँ जनवादी कार्यक्रम ल्याउनुभयो । पहिले राष्ट्रिय काँग्रेसको कार्यालय सचिवको रुपमा पनि पुष्पलालले काम गर्नुभयो तर काँग्रेसमा पनि विश्वेश्वरप्रसाद कोइराला, डिल्लीरमण रेग्मी, टंकप्रसाद आचार्यहरुको किचलो बढ्दै गएको थियो । यो अवस्थामा स्थापनाकालमा पुष्पलाल लगायत नारायण विलास जोशी, निरञ्जन गोवन्द वैद्य, नरबहादुर कर्मचार्य र महिलाको पनि सहभागिता वा भूमिका हुनुपर्छ भनेर कलकत्तामा उपस्थित हुन नसके पनि काठमाडौंकै एकजना प्रगतिशील महिला मोतीदेवीसहित ५ संस्थापक सदस्यहरुबाट कम्युनिष्ट पार्टीको स्थापना भयो । तर, २००६ सालमा स्थापना भएको पार्टीमा २००८ सालदेखि नै पुष्पलाल र उनको विचारलाई कमजोर बनाउने तत्वहरु लागिसकेका थिए । पुष्पलालभन्दा बढी एम.ए. पढेका, धनमनीहरु पनि पार्टीमा लागेका थिए । डा. केशरजंग रायमाझी पुष्पलालभन्दा धेरै पढेको भनेर पार्टीका साथीहरुले भनेपछि पुष्पलालले आफूभन्दा योग्य छन् भन्ने भएर स्वभाविकरुपमा पार्टी नेतृत्वबाट पछि हट्नुभयो । पुष्पलालको भूमिकालाई गौण बनाउन सुरुवात भयो । नेतृत्वलाई आफू प्रभावित बनाउने, लालचा देखाउने संस्कारको विकास त्यहीबेला देखि सुरु भयो । अहिले पनि पार्टीमा जसले धेरै डोनेसन गर्नसक्छ, ऊ नै पार्टीको ठूलो मान्छे हुन्छ । तर, डा. केशरजंग रायमाझीमा भने वर्गिय कमजोरी चाही थियो ।
पुष्पलालको विचारले जन्माएको त्यो विद्यार्थी आन्दोलन
नेपालमा जनवर्गिय संगठनहरु खोल्ने पहिलो पार्टी हो, नेपाल कम्युनिष्ट पार्टी । पत्रपत्रिका प्रकाशन गर्ने, विद्यार्थी संगठन, किसान संगठन आदि जनवर्गिय संगठनहरुको स्थापना नेपाल कम्युनिष्ट पार्टीले नै गरेको हो । त्यस समय वि.सं. २०१७ सालमा नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन थियो । त्यसमा पनि २ खेमा थियो । पञ्चायतलाई विरोध गर्ने र पञ्चायतलाई समर्थन गर्ने । काँग्रेसले त वि.सं. २०२७ सालमा नेपाल विद्यार्थी संगठन स्थापना गरेको हो । पञ्चायत विरोधीका लागि फेडेरेसन र नेविसंघको साझा समर्थन थियो । नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसनभित्र चर्को अन्तरविरोध र मतभेद भएपछि हामीहरुले पुनः अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनको संगठन बनाएका थियौं, २०२७ अघि नै । त्यतिबेला पुष्पलालको गडहरु ध्वस्त पार्नुपर्छ भनेर संगठन नै विघटन गरेर मालेको जग बसाल्ने काम भयो । २०३५ साउन ७ गते देशले अपूरणीय क्षति भोग्नुप¥यो, पुष्पलालको देवहसान भयो । शरण विक्रम मल्ल त्यसबेला विद्यार्थी फ्रन्ट लाइनको इन्चार्ज थिए । पुष्पलालले दिनुभएको संयुक्त आन्दोलनको चिन्तनलाई बोकेर मल्लले पञ्चायत विरोधी विद्यार्थी आन्दोलनका लागि भूमिका खेले ।
यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई पञ्चायतले वि.सं. २०३५ साल माघ २५ गते गोली हानेर मारिएको थियो । जेलबाट लगेर कोशीमा फालिएको थियो । त्यतिबेला नेविसंघका नेता बलबहादुर केसी र हामीले किर्तिपुरस्थितको त्रिभुवन विश्वविद्यालयबाट टुंडीदेलसम्म पैदल यात्राको मौन जुलुस निकाल्यौं । र उहाँहरुप्रति हामीले श्रद्धाञ्जल अर्पण ग¥यौं, यसले गर्दा नेविसंघले पनि थापा र श्रेष्ठप्रति थोृरै भएपनि कृतज्ञता जनाउने वातावरण बन्यो । यसले विद्यार्थी संयुक्त जनआन्दोलनको जग राख्ने काम पहिलो पटक भएको थियो ।
तर, अखिल र नेविसंघभित्र पनि २, ३ थरीका खेमाहरु थिए । पार्टीभित्रको अन्तरविरोध कुटाकुटमा परिनत हुने वातावरण बन्दै गयो । विश्वविद्यालयको प्रशासनले पनि हामीलाई साथ दिएको थिएन । त्यसपश्चात् पिडित–पिडित विद्यार्थीहरुको संयुक्त संघर्ष समिती तयार ग¥यौं र २४ सुत्रीय मागहरु तयार पा¥यौं । विद्यार्थीहरुले संगठनमा बाँच्न पाउनुपर्छ लगायतका जनताको प्रारम्भिक स्वास्थ्य उपचार र सामान्य धारापानीसम्मको विषयमा २४ सुत्रीय माग तयार गरिएको थियो ।एकचोटी पाकिस्तनमा भुटोलाई मारियो, हामीले पाकिस्तान राजदूत घेराउा गर्ने कार्यक्रम राख्यौं । तर दरबारमार्गमा पुलिसले रोक्यो र एकजना मात्रै गएर हाम्रो विचार प्रस्तुत गर π भन्ने निर्देशन थियो तर हामीले होइन π पाकिस्तानको त्यो घटनाप्रति नेपाली विद्यार्थीहरुको असहमति छ भनेर हामीले देखाउनुपर्छ भन्ने अडान राख्यौं । लाठी चार्ज भयो, साथीहरु घाइते भए, मेरो त शररिमा कमिज पनि थिएन, नाङ्गै बनाइहाल्यो । यसपछि विद्यार्थी आन्दोलनको टर्निङ पोइन्ट सुरु हुन्छ । त्यसपछि त्यसै रातमा हामी बैठक बस्यौं र घाइतेहरुको उपचार गर्नुपर्छ भन्नेसहितका एउटा माग पनि थपेर २५ सुत्रीय माग तयार पा¥यौं ।
२५ सुत्रीय मागको देशव्यापीरुपमा यति प्रभाव प¥यो कि, राजाले उच्चस्तरीय जाँचबुझ आयोग गठन ग¥यो । सर्वोच्च अदालतको न्यायधिश घनेन्द्र बहादुर सिंहको संयोजकत्वमा ईश्वरीराज मिश्र, लोकेन्द्र बहादुर चन्द, सुरेन्द्र बहादुर बस्नेत र सूर्य बहादुर शाही लगायतका पाँच सदस्यीय शाही आयोग बन्यो । विद्यँर्थी आन्दोलनले समानान्तर संघर्ष समिती चल्दै थियो । राष्ट्रवादी भनिने मण्डले विद्यँर्थी संगठनहरु पनि तीव्ररुपमा चलखेल गरेका थिए । समानान्तर संघर्षबाट मण्डले विद्यार्थी विघटन भयो । यसपछि मण्डलेहरु झनै प्रतिकात्मकरुपमा निस्किए । तीनै मण्डलेहरु रातारात क्रान्तीकारी भएर निस्केका थिए ।
हाम्रो मागलाई संयुक्तरुपमा अगाडि बढाउने विद्यार्थी आन्दोलनको मक्सत थियो । काठमाडौंमा २५ वटा क्याम्पसहरु थिए त्यतिबेला । नेविसंघका नेता बलबहादर केसी र हामी त्यहाँ गयौं । सुरुमा मलाइ नै बोल्न लगाइयो । हामी फौज लिएर गएका थिएनौं । मैले बोलिरहदा नै मेरो हातबाट माइक्रोफोन खोसियो । बलराम समाल, उर्मिला श्रेष्ठ लगायतकाले कालो मोसो र जुत्ताको माला सुनियोजितरुपमा तयार पारेका रहेछन् । स्वघोषित क्रान्तीकारीहरुद्धारा हामीलाई गाडामा राखेर आरएनएसी देखि न्यूरोड सबै घुमाउने काम गरियो । न्यूरोडको गेटनिर आइपुग्दा पुलिसहरुले पनि छुट्याएको नाटक जस्तो मात्र गरे । हाम्रो विद्यँर्थी आन्दोलनलाई अर्को दिशातिर मोड्ने काम भयो ।
तर यो घटनाको प्रभावशाली नेताहरु विपी कोइराला, किसुनजी लगायतले तीव्र भत्र्सना गर्नुभयो । त्यसपछि राजाले पनि यसबारे सोच्न बाध्य भयो । हेर्दा सामान्य विद्यार्थी आन्दोलन भएपनि यसले राजसंस्थालाई झुकाउने र निर्दलीय पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको थियो । जनमतसंग्रहमा पनि कम्युनिष्ट पार्टीलाई चिन्ह दिइएको थिएन । निलो रङ मात्र भनेर भनियो, पञ्चायतलाई पहेलो रंग थियो । कम्युनिष्टलाई आकाशजस्तो निलो रंग, हामीलाई बाकसमा भएको कम्युनिष्ट पनि भन्थे । आकासे कम्युनिष्ट, बाकासे कम्युनिष्ट भन्थे । तर पछि पञ्चायतले चुनाव जित्यो ।
त्यतिबेला मल्ल अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनका संयोजक थिए । २०३१–३२ मा मल्ल गण्डकी विद्यार्थी परिषद्को अध्यक्ष सम्हालिसकेका थिए । त्यसबेला पनि विद्यार्थी संगठनभित्र प्रगतिशील भनाउदा अर्को मण्डलेहरुको झुण्डको चलखेल थियो नै । उनिहरुको पनि हामी आधिकारिक विद्यार्थी संगठन भनेर भनेका थिए । त्यसपश्चात् पाँचौं राष्ट्रिय सम्मेलनपछि हामीले नेपाल प्रगतिशील विद्यार्थी युनियन निर्माण ग¥यौं । यसरी पुष्पलालको प्रगतिशील, जनवादी र संयुक्त जनआन्दोलनको चिन्तनले विद्यार्थी आन्दोलनले यस्तो रुप लिएको थियो जसको जगमा पञ्चायती निरंकुश व्यवस्थ फाल्न हामी सफल भएका थियौं ।
COMMENTS