भारतमा थप ३० हजार संक्रमित, ४२० संक्रमितको मृत्यु

काठमाडौँ, १९ साउन । भारतमा थप ३० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३० हजार ३१ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १७ लाख २५ हजार ३९९ पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ११ हजार ४६९ जना संक्रीय संक्रमित छन् ।यस्तै त्यहाँ एकैदिन ४२० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २५ हजार २२८ पुगेको छ ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board