नेपाल-भारत सुरक्षा अधिकारीको संयुक्त बैठक : सुरक्षा व्यवस्थालाई थप सदृढ बनाइने

जनकपुरधाम, २८ भदौ । नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप सदृढ बनाइने भएको छ । भारतको विहार राज्यको सीमावर्ती मधुवनी जिल्लामा हुन लागेको ग्रामपञ्चायत चुनावलाई मध्यनजर गर्दै सीमा क्षेत्रको सुरक्षामा कडाइ गरिने भएको हो ।

दुबै देशका सुरक्षा अधिकारीहरूको सोमबार बसेको संयुक्त बैठकले सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने निर्णय गरिएको छ । दुबै देशका पदाधिकारीबीच चुनावको ४८ घण्टा अगाडि नै सीमा नाका सिल गर्ने निर्ण भएको छ । मधुवनी जिल्लामा सेप्टेम्बर २९ तारिखबाट ग्रामपञ्चायतको चुनाव हुन लागेको हो ।११ चरणमा हुने चुनावलाई नेपालबाट पूर्ण सहयोग रहने नेपाली सुरक्षाकर्मीले भारतीय पक्षलाई बताएका छन् । नेपाली सुरक्षा अधिकारीहरूले सीमावर्ती भारतीय क्षेत्रबाट नेपालतर्फ लागुऔषध ओसारपोसार बढेको र नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा अपराधी लुकेर बस्ने गरेको विषयमा भारतीय सुरक्षा अधिकारीको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा अवैध सामान ओसार पेसारमा थप सुरक्षा सतर्कता अपनाउने विषयमा समेत दुबै देशका सुरक्षा अधिकारीबीच छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।बैठकमा धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षकहरू, सशस्स्त्र प्रहरी उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा भारतकातर्फबाट विहार दरभंगाका डिभिजनल कमिश्नर डा।मनिष कुमार, मधुवनी जिल्लाका डिएम अमित कुमार, मधुवनीका प्रहरी उपरीक्षक सत्यप्रकाशलगायत सुरक्षा अधिकारीको सहभागिता रहेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board